Customer Care-9803159599

धानबालीका फडके कीराहरु (Rice Hoppers)

धानबालीका फडके कीराहरु (Rice Hoppers)

धानबालीमा लाग्ने फड्के कीराहरु अत्यन्तै हानिकारक किरा हुन। प्रत्येक वर्ष यी किराहरुले धानबालीमा ठूलो मात्रामा क्षति गरिरहेका छन्। यस वर्ष पनि प्रदेश नं. १ का विभिन्न क्षेत्रहरुमा धानबालीमा फडके कीराहरुले क्षती गर्न सुरु गरेको पाईएकोले धान खेती गरिरहनु भएका कृषकहरुलाई नियमित रुपमा आफ्नो खेतबारीको अवलोकन गरि समय मै यस कीराको व्यवस्थापन मा लाग्नु हुन अनुरोध सहित यो कीराको बारेमा केहि जानकारी यहाँ प्रस्तुत गरिएको छ।

धान बालीमा सामान्यतया निम्न ३ किसिमका फड्के कीराहरुले क्षति गर्दछन्।

1. खैरो फड्के (Brown Plant Hopper)

2. हरियो फड्के (Green Leaf Hopper)

3. सेतो पिठ्युँ भएको फड्के (White Backed Plant hopper)

परिचयः

खैरा, हरिया वा सेता रंगका उफ्रने किसिमका मसिना भुसुना जस्ता कीराहरु धानको गाँजको फेदमा बसेर पात र फेदबाट रस चुसेर खाइ नोक्सानी गर्दछन्। धान खेतमा पानीको सतह भन्दा माथिको डाँठको भागमा यी कीराहरुले निकालेको चिपचिपे पदार्थले गर्दा कालो ढुसी (Sooty Mould) देखिन्छ। फड्के कीराहरुले धानबालीमा ठूलो क्षती पुर्याउनुको साथै टुङ्ग्रो, ग्रासी स्टण्ट र ragged स्टन्ट जस्ता भाइरस जन्य रोगहरु समेत सारेर बालीलाई नोक्सान पुर्याउँछन्।

क्षतिको लक्षणः

सुरुमा तलका पातहरु र पछी माथिल्ला पातहरु पहेँलिन्छन्। विरुवाहरु गाँजिन र बढ्न सक्दैनन्। कीराको आक्रमण बढ्दै गएमा पुरै बोटहरु डढेलो लागे जस्तो गरी मर्दछन्, जसलाई होपर बर्न (Hopper burn) भनिन्छ।बोटमा बाला नलागी पराल जस्तो भई सुकेर मर्दछन्, लागेका बालाहरुमा नभरिएका वा फोस्रा दानाहरु हुन्छन्।

व्यवस्थापनः

• अगौटे रोपाईं गर्ने, छिटो पाक्ने जातको धान रोप्ने।

• धान रोप्दा गाँजको घनत्व कम गर्ने, प्रतिगाँज २/३ वटा भन्दा बढी बेर्नाहरु नरोप्ने।

• धान खेतलाई झारपात मुक्त राखी कीराको बैकल्पिक आश्रयस्थल नष्ट गर्ने।

• सन्तुलित मात्रामा रसायनिक मलको प्रयोग गर्ने। नाइट्रोजनयुक्त मलको सिफारिस मात्रालाई 3-4 पटक गरेर प्रयोग गर्ने।

• 3/4 दिनको फरकमा खेतमा पानीको सतह बढाउने, घटाउने तथा सुकाउने गर्नुपर्दछ।

• निमजन्य विषादी एजिडिराक्टिन 0.03% Ec (Azadirachtin 0.03% Ec) 3-5 मिलि लिटर प्रति लिटर पानीको दरले मिसाएर स्प्रे गर्ने।

किराको प्रकोप बढी भएमा अन्तिम विकल्पको रुपमा निम्न रसायनिक विषादीहरुको प्रयोग गर्नेः

• एसिफेट 75% SP (Acephate 75% SP) 1 ग्राम प्रति लिटर पानीका दरले वा

• थायमेथोक्साम 25% WG (Thiamethoxam 25% WG) 1 ग्राम प्रति 3 लिटर पानीको दरले वा

• इमिडाक्लोप्रिड 17.8% SL (Imidacloprid 17.8 % SL) 1 मिलि लिटर प्रति 3 लिटर पानीको दरले वा

• इमिडाक्लोप्रिड 70% WG (Imidacloprid 70 % WG) 1 ग्राम प्रति 10 लिटर पानीको दरले घोलेर स्प्रे गर्ने।

विषादी छर्किदा किरा देखिएको ठाउँमा चारैतिरबाट घेरा हालेर धानको विरुवाको फेदमा पर्ने गरी छर्कनु पर्दछ।

एउटै विषादीको नियमित प्रयोग गर्दा कीरामा विष पचाउने क्षमता वृद्धि भएको पाईएकोले आलो पालो गरी विषादीको प्रयोग गर्नु उपयुक्त हुन्छ।

aaa

We will be happy to hear your thoughts

Leave a reply

Chiran Foods
Reset Password
Compare items
  • Total (0)
Compare
0