True Potato Seed (TPS)-आलु खेति प्रबिधि:
October 4, 2020
28 Views
0
SaveSavedRemoved 0
True Potato Seed (TPS)-आलु खेति प्रबिधि:
परिचय:
हाम्रो देशको मध्य तथा उच्च पहाडी भेकमा आलु खेति लामो दिन भएको बेला गरिने हुनाले आलुको बोटमा फुल फुलेको अथवा गोलभेडा जस्तो फल लागेको देखिन्छ। यसलाई आलुभेडा वा वेरि पनि भनिन्छ। यस भित्र भएको वियाहरु नै आलुका बिउ हुन, जसलाई अंग्रेजीमा True potato seed भनिन्छ।
बिया आलुको जातहरुः
1) HPSII/67
2) HPS7/67
3) HPS!/13
सिफािरस क्षेत्र
तराई, पहाड , हिमाल
१) बीउ दर
४-५ ग्राम पर्ति रोपनी
२)मलखात
कम्पोष्टःःः१५०० के.जी प्रति रोपनी
युरियाःःः ७ के.जी प्रति रोपनी
डि।ए,पीःःःः ११ के.जी प्रति रोपनी
वा
अर्गानिक मल (Black Wonder)::: १२ के.जी प्रती रोपनी
पोटासःःःःः ५ के.जी प्रति रोपनी
३) बिया रोप्ने तरिका
बियालाई सिधै व्याडमा रोप्नु भन्दा २४ घण्टा सम्म सफा पानीमा भिजाएर रोप्दा राम्रो हुन्छ।बिया रोप्दा लाईन देखि लाईन सम्म १० से.मी र बिउ देखि बिउ सम्म १० से.मू दुरि राखि १ से.मी गहिराईमा रोप्नुपर्छ। बीउ रोपि सकेपछि खरानीले छोपन्ने
४) मुख्य जग्गाको तयारी
बेर्ना सार्नु भण्दा अघी साधारण आलुको लागि जस्तै मलखागरु प्रयोग गरि पश्चिम फर्केको ड्याङ बानाउने। ड्याङको बिचको दुरि ६० से.मी र उचाई २० से.मी राख्ने
५) बेर्ना सार्ने दुरि
बोट – बोट को दुरि ६०* २० से.मी
६)युरिया मलको झोल छर्कने
बिरुवाको राम्रो बृद्धिको लागओ १ ग्राम युरिया १ लिटर पानीमा मिसाई बनाईएको झोल ७-१० दिनको फरक पारी छर्ने
७) उकेरा दिने
आलुको बेर्ना उम्रको ३० -३५ दिन वा ४-५ पातभएपछि पहिलो उकेरा दिने
८) सिचाई
आलुको राम्रो बृद्धि बिकासको लागी आलु सुख्खा रहन दिनु हुन्न
आलुलाई उम्रन, त्यान्द्रा फल्न (Stolen formation) र दाना बढ्न पानीको आवश्यकता पर्ने हुदा यो अवस्थामा माोमा पानीको कमी हुन दिनु हुन्न।
९) बोट उख्ले ( हाल्म पुलिङ)
बेर्ना सारेको ९० दिनपछि बोटहरु उखेली दिनाले आलुको दाना राम्ररी छिप्पिन पाउन्छ।आलुको बीया बाट लगाएको बाली दाना बीउ लगाएको बालीको तुलनामा वोटहरु बढि हरियो रगं भएको कारणले बोट धेरै दिन सम्म बाच्न सक्दछ। तर आलुको फसल लिने समय ८०-१०० दुिन भित्र पुरा भई सक्छ।
१०) आलु खन्ने
हाल्म पुलिङ गरेको १०-१२ दिनपछि मात्र आलु खन्ने र २-४ दिन हावा खेल्ने तर घाम नपर्ने ठाउँमा फजाई राख्ने
११) बाली तयार हुन लाग्ने समय
१००-११० दिन
१२) उत्पादन
१ -१.५ मे.ट. प्रति रोपनी।


